बिहीबार, १३ वैशाख २०८१

खुल्यो स्टान्डर्ड चार्टर्डको एफपिओ,चैत्र चार गतेसम्म भर्न सकिने

समयपोष्ट २०७३ चैत १ गते ७:२७

स्टान्डर्ड चार्टर्ड बैंकले १०० रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर मंगलबारबाट एफपिओ निष्काशन गरेको छ । बैंकले कुल २५ लाख ५८ हजार १४० कित्ता एफपिओ निष्काशन गरेको हो । एफपिओमा कम्तिमा १० र बढीमा २५ हजार ५८० कित्तासम्म आवेदन दिन पाइन्छ । बैंकको एफपिओ बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ। आजबाट  खुला हुने एफपीओ चाँडोमा चैत ४ गते बन्द हुनेछ । 

Advertisement

आस्बा प्रणालीबाट आवेदन दिनेले आफ्नो खाता भएको बैंकबाटै आवेदन दिन सक्नेछन्।  पुरानै तरिकाले आवेदन दिनेले एनएमबि क्यापिटल नागपोखरी, स्टान्डर्ड चार्टड बैंक नयाँ बानेश्वर र लाजिम्पाट, एनएमबि बैंकका कार्यालयहरु बबरमहल, चाबहिल, बसुन्धारा, तिनकुने, नक्साल, टेकु, कलंकी, कुमारीपाटी, पुल्चोक, लुभु, थैव, सुर्यबिनायक तथा उपत्यकाबाहिरका सबैजसो शाखा कार्यालयरुबाट आवेदन दिन सकिन्छ । त्यस्तै प्रभु क्यापिटल र काठमाडौं क्यापिटल कमलादी, लक्ष्मी क्यापिटल नयाँ बानेश्वर, सिबिआइएल क्यापिटल डिल्लीबजार, भिबोर क्यापिटल कृष्णगल्ली, ग्लोबल आईएमई क्यापिटल नाचघर, एस क्यापिटल लालदरबार, सिभिल क्यापिटल कमलादी, एनआईबिएल क्यापिटल लाजिम्पाटबाट आवेदन दिन सकिन्छ।  बैंकले ईक्रा नेपालको रेटिंङमा टु प्लस पाएको छ । यस्तो रेटिंङले  बैंकको शेयर औसतभन्दा राम्रो देखाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री