बिहीबार, १३ वैशाख २०८१

यस बैंकको शाखामा महिला कर्मचारी मात्र

समयपोष्ट २०७३ फागुन २७ गते ६:३०

नेपाल बंगलादेश बैंकले काठमाडौंको महाराजगञ्जमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ४४ औं शाखा स्थापना गरेको  हो । शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे ।

Advertisement

शाखामा शाखा प्रबन्धकलगायत सम्पूर्ण कर्मचारीहरू महिला मात्र रहेका छन् । महिला कर्मचारीहरूको नेतृत्व विकास,प्रतिस्पर्धी तथा अवसरका लागि महिला कर्मचारीहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले सो शाखालाई पूर्णरूपमा महिला शाखाको रूपमा विस्तार गरेको बैंकले जनाएको छ । 

उद्घाटन समारोहमा बैंकका वरिष्ठ सञ्चालक माधवप्रसाद न्यौपानेले  शाखामा जडान गरिएको एटीएमको शुभारम्भ पनि गरे । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री