शुक्रबार, १४ वैशाख २०८१

कञ्चनपुर घटनाको सुरुवात् यसरी भयो , घटनापछि भारतीयले नेपालीको घरको छानो समेत बाँकी राखेनन्

समयपोष्ट २०७३ फागुन २७ गते ५:५९

गत महिना नेपाली पक्षले कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्दबजारमा कल्भर्ट बनाउन लागेको थियो। कल्भर्ट बनाउन लाग्दा भारतीय पक्षले त्यो ठाउँ दसगजाभित्र पर्ने भएकाले बनाउन नमिल्ने बतायो । बाटोमा आउजाउ गर्न सजिलो होस् भनेर बनाउँन लागेको कल्भर्टमा विवाद भएपछि दुवैतिरका अधिकारीको बैठक बस्यो । बैठकले प्राविधिक टोली आएर सीमा निर्धारण गर्ने र तत्कालका लागि कच्ची कल्भर्ट निमार्ण गर्ने सहमति गर्यो । सहमतिअनुसार पुनर्वास नगरपालिकाले हिम पाइप राखेर कल्भर्ट निर्माण गर्यो। कल्भर्टको माथिल्लो भागमा सिमेन्ट राखेर इँटा पनि बिछ्याइएको थियो । यही विषयलाई निहुँ बनाएर एसएसबीका जवान बुधबार राति नेपाल पसेका थिए । हतियारसहित आएका उनीहरूले इन्दिरा गुरुङको घरमा पसेर घर छाड्न धम्काएको र श्याम गुरुङलाई कुटपिट गरेको स्थानीय बताउँछन् ।

Advertisement

यसरी महिना दिन अगाडी भएको सहमती तोड्दै भारतीय सीमा सुरक्षा बल नेपाल प्रबेश गर्यो । कल्भर्ट निर्माण गर्न लागेको स्थानलार्इ गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भयो । गैरकानुनी रूपमा एसएसबी कञ्चनपुर प्रबेश गरेर विवाद झिकेपछि बिहिबार दुवै पक्षविच झडपको स्थिती सिर्जना भयो । प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलले गोली चलायो । भारतीय प्रहरीले चलाएको गोली ३० वर्षीय गोविन्द गौतमको कम्मरमा लाग्यो । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्याइएको थियो । तर उनलार्इ अस्पताले बचाउँन सकेन । उनको मृत्यु भयो । 

एसएसबीले गोली चलाएपछि एसएसबीसँगै छिरेका भारतीयहरुले आनन्द बजारका स्थानीयको घरमा पसि बाख्रा, खसीबोका, भाडाकुँडा र लत्ताकपडा समेत लुटेर लगेको प्रत्यक्षदर्शी बताउँछन् । स्थानीय श्याम गुरुङको  घरबाट भारतीयहरुले घरको छानामा रहेको टीनका पातासमेत उक्काएर लगेको प्रत्यक्षदर्शी बताउँछन् । गुरुङको घरमा रहेको एउटा मोटरसाइकलसमेत भारतीयले लुटेर लगेको स्थानीयले बताए । एसएसबीको आडमा भारतीयहरुले नेपालीको घरमा तोडफोड गर्दा नेपाल प्रहरी भने मूकदर्शक बनिरहेको स्थानीयले गुनासो गरेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री