बुधबार, १२ वैशाख २०८१

फरवार्डको आईपीओ नपरेको पैसा आजबाट फिर्ता हुँने ,यि बैंकमा खाता भएकाको रकम खातामै जम्मा हुँने

समयपोष्ट २०७३ फागुन २६ गते ५:४२

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले आईपीओ नपरेको पैसा बिहीबारबाट फिर्ता गर्ने भएको छ । बिक्री प्रबन्धक नबिल ईन्भेष्टमेन्टका अनुसार आईपिओ नपरेको पैसा तीनवटा बैंकहरु नबिल बैंक, माछापुछ्रे बैंक र एनएमबि बैंकमा खाता रहेका लागानीकर्ताहरुलाई खातामै रकम फिर्ता हुँनेछ । अन्य बैंकमा खाता भएकाले रकम बुझाएको स्थानबाटै पैसा फिर्ता पाउँनेछन् ।

Advertisement

 फरवार्डको आईपीओमा १ हजार ३० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडिएको थियो भने १ हजार ४० कित्तादेखि माथि आवेदन गर्नेले अधिकतम २६ कित्ता सम्म सेयर प्राप्त गरेका थिए । कम्पनीले माघ ९ गतेदेखि माघ १२ गतेसम्म निष्काशन गरेको १ सय रुपैँयाको छ लाख कित्ता आईपीओ ३८ हजार ८ जना आवेदकलाई बाँडफाँट गरिएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री