शनिबार, १५ वैशाख २०८१

रोकिएन अमेरिकामा भारतीयमाथिको आक्रमण,इन्जिनियर पछि ब्यापारीको हत्या

समयपोष्ट २०७३ फागुन २३ गते ५:४७

अमेरिकामा फेरी भारतीय नागरिकको हत्या गरिएको छ । अमेरिकाको दक्षिण क्यारोलाइना राज्यको ल्यानकास्टर काउन्टीमा भारतीय मुलका ४३ वर्षीय  व्यापारी हर्निस पटेलको गोली हानी हत्या गरिएको हो । व्यापारी पटेलको शव स्थानीय समयअनुसार बिहीबार राति ११:३३ बजे उनकै घरअगाडि गोली लागेको अवस्थामा भेटिएको थियो । स्थानीय पत्रिका हेराल्डका अनुसार  स्पिडी मार्ट नामक स्टोर सञ्चालन गर्दै आएका व्यापारी पटेलले  मृत भेटिनु १० मिनेटअघि मात्र स्टोर बन्द गरेका थिए । घरबाट ६ माइल टाढा पेजल्याण्ड हाइवेमा रहेको स्टोर बन्द गरेर गाडीमा घर पुग्नै लाग्दा आक्रमणकारीले पटेलमाथि गोली प्रहार गरेको अनुमान गरिएको छ ।

Advertisement

यस अघि फेब्रुअरीमा कान्सासको ओलाथामा  ‘मेरो देशबाट निस्की’ भन्दै भारतीय इन्जिनियर श्रीनिवास कुचिभोट्ला माथि गोली प्रहार भएको थियो । घटनामा श्रीनिवास कुचिभोट्ला मारिएका थिए भने दुई जना घाईते भएका थिए । 

घटनाको अनुसन्धान गरिरहेका प्रहरीले यो  जातीय घृणासँग सम्बन्धित अपराध हुनसक्ने अनुमान गरेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री