शुक्रबार, १४ वैशाख २०८१

भूकम्पपीडितले पाउँने भए ट्याक्सी, चैत २६ गते १५ सय थान ट्याक्सी वितरण गरिँदै

समयपोष्ट २०७३ फागुन २१ गते ६:०९

यसअघि भूकम्पपीडितहरुलाई लक्षित गर्दै  सरकारले १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय अनुसार ट्याक्सी वितरण गर्ने भएको छ ।  सरकारले चैत २६ गते भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितलाई १५ सय थान ट्याक्सी वितरण गर्ने भएको हो । आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत १५ सय जनालाई ट्याक्सी वितरण गरिने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । आवेदकमध्येबाट भाग्यसाली १५ सय जना पीडितले स्वरोजगरीका लागि ट्याक्सीको नम्बर प्लेट पाउनेछन् ।  भुकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय गरेको थियो । दर्ता प्रकृया सुरु भएपछि  साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए । भूकम्पबाट अति प्रभावित भएका १४  दोलखा, गोरखा, सिन्धुपालचोक, काभ्रेपलाञ्चक, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौ, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका भूकम्पपीडितहरुले आवदेन दर्ता गराएका छन् । प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार भुकम्प प्रभावित जिल्लाका प्रशासन कार्यलयहरुमा आवेदनका विवरणमा कुनै गल्ति भएको विवरण फागुन २४ गतेसम्म सच्याउन सकिने छ ।  विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियत वा अनुदान नदिईने जनाएको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण टिभी टुडेमार्फत हुँनेछ ।  

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री