बुधबार, १२ वैशाख २०८१

गर्यो सिटिजन्स बैंकले विद्यालयलाई कम्प्युटर सहयोग

समयपोष्ट २०७३ फागुन १९ गते ५:०६

सिटिजन्स बैंकले बर्दियाको गुलरिया स्थित सिरकोइयामा रहेको जानकी प्राथमिक विद्यालयलाई सामाजिक उत्तरदायित्व अन्तरगत भौतिक सहयोग स्वरुप १ थान कम्प्युटर वितरण गरेको छ । बुधबार एक समारोहका बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १ थान कम्युटर विद्यालयका अध्यक्ष रामचन्द्र यादव र प्रधानध्यापक श्री मुन्ना लाल यादवलाई हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पुर्याउँदै आएको छ । बैंकले भविष्यमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमको सहयोग गर्दै जाने बताएको छ ।  

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री