बुधबार, १२ वैशाख २०८१

माइक्रोवेभमा कहिले नतताउँनुहोस् दुध, यि खानेकुरा राख्नु पनि हानिकारक

समयपोष्ट २०७३ फागुन १८ गते ६:५१

केही खाद्य वस्तुहरु यस्ता हुन्छन् जसलाई माइक्रोवेभ ओभनमा राख्दा त्यसको पोषक तत्व नष्ट हुनजान्छ । त्यस्तै केही वस्तुहरुले माईक्रोवेभनै बिगार्ने पनि हुनसक्छ । त्यसकारण डाईट याक्सपर्टहरु केही यस्ता खाद्य वस्तुहरु माइक्रोवेभमा राख्न नहुँने बताउँछन् । 
दुध 
दुधलाई माइक्रोवेभमा कहिले पनि तताउँनु हुँदैन । माइक्रोवेभमा दुध तताउँदा दुधमा भएको प्रोटिन केही मात्रामा नष्ट हुनजान्छ । 
हरियो साग सब्जी
हरियो सागसब्जीमा प्राप्त हुँने भिटामिन र मिनिरल्स माइक्रोवेभमा राख्दा सम्पुर्ण रुपमा नष्ट हुनजान्छ । 
अण्डा 
माइक्रोवेभमा अण्डा राखेर तताउँदा यसबाट निस्किने तातो बाहिर आउँन पाउँदैन जसले गर्दा अण्डा फुट्छ । 
ब्रोकोली र काउँली
माइक्रोवेभमा ब्रोकोली र काउँली राखेर तताउँदा यसमा पाईने यान्टिअक्सिडेण्ट पुरै नष्ट हुन जान्छ भने यसमा पाईने अन्य पोषक तत्व पनि केही मात्रामा नष्ट हुन्छ । 
मासु
माइक्रोवेभमा मासु सम्पुर्ण रुपले पाक्न पाउँदैन । त्यसकारण मासुमा हुँने ब्याक्टेरियाले गर्दा विरामी पर्ने जोखिम बढी हुन्छ । 
पेपर ब्यागमा राखिएको खानेकुरा
पेपरबाट निस्किने ग्यासबाट टक्सिन उत्पन्न हुँने हुँदा यसले खानाको टेष्ट बिगार्छ । पेपर ब्यागबाट निस्किने तातोले माइक्रोवेभमा आगो लाग्ने सम्भावना हुन्छ ।
प्लास्टिक कण्टेनर
प्लास्टिक कन्टेनरमा यस्तो पदार्थ हुँने गर्छ जसले माइक्रोवेभको तातो सहन गर्न सक्दैन र पग्लिन्छ । यसबाट निस्किने टक्सिक फ्युम्स स्वास्थको लागि हानिकारक मानिन्छ । 
आल्मुनियम र्यापर
यसबाट निस्किने हार्मफुल ग्यासले ओभनमा आगो लाग्न सक्ने हुँदा जहिले पनि खाने कुरालाई र्यापरबाट निकालेर तताउँनुपर्छ ।

Advertisement

माइक्रोवेभमा प्लाष्टिक र मेटलका भाडाहरु, पेपरको कफि कप  प्रयोग गर्नुहुँदैन । यसमासेफ ग्लास वेयर प्रयोग गर्ने गर्नुपर्छ । माइक्रोवेभ प्रयोग गर्दा खानेकुरा राखेर अन्य काम गर्नतिर लाग्नु हुँदैन । 

एजेन्सी


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री