बिहीबार, १३ वैशाख २०८१

संसारमै पहिलो पटक त्रिशुली नदीमा बगिरहेको पानीमाथि कन्सर्ट हुँदै

समयपोष्ट २०७३ फागुन १८ गते ६:०४

संसारमै पहिलो पटक त्रिशुली नदीमा बगिरहेको पानीमाथि म्युजिक कन्सर्ट हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा म्युजिक माउन्टेनियरिङ्ग कल्चर एक्सपिडिसन नेपाल नामक संस्थाले गिनिज बुक अफ दी वर्ल्ड रेकर्ड राख्न र्याफ्टिङ राईडिङ म्युजिकल कन्सर्ट आयोजना गर्न लागेको राजधानीमा एक कार्यक्रम गरी जानकारी दिएको हो ।  

Advertisement

नेपालमा र्‍र्‍याफ्टिङ सुरक्षित भन्ने सन्देश दिएर  ‘पर्यटनका लागि संगीत’ नामक सहित आउँदो शनिबार त्रिशुली नदीको फिस्लिङ्ग देखि कुरिनटारसम्म लगभग ३.५ किलोमिटरको दुरीमा विश्वमै पहिलो र्‍याफ्टिङ राईडिङ म्युजिकल कन्सर्ट हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार कन्सर्टमा धिरज राई, विजय लामा लगायातका कलाकारहरुले प्रस्तुती दिनेछन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री