मतदानमा ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

निर्वाचन आयोगले बिहीबार सम्पन्न मतदानमा करिब ६० प्रतिशत मत खसेको जानकारी दिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा यो विवरण सार्वजनिक गर्दै केही मतदान केन्द्रहरूमा अझै मतदान जारी रहेको बताएका छन्।

Advertisement

मतदानको निर्धारित समय साँझ ५ बजेसम्म तोकिएको थियो। तर, सो समयभित्र मतदान स्थलमा प्रवेश गरिसकेका मतदाताहरूले भने मतदान प्रक्रिया पूरा गर्न पाउने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री