राजावादीले तीनकुनेस्थित घरमा लागेको आगो निभाउन दिएनन्, दमकलमाथि ढुंगामुढा

तीनकुने क्षेत्रमा शुक्रबार राजावादी प्रदर्शनकारीको प्रदर्शनका बीच एक घरमा एकाएक आगलागी भएको छ। आगो प्रदर्शनकारीले लगाएका हुन् वा अन्य कारणले भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन। आगलागी निभाउन पुगेको दमकलमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । त्यहाँको स्थिति थप तनावग्रस्त बनेको छ।

Advertisement

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादी समूहले तीनकुने क्षेत्रमा प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप सुरु भएको हो। झडप उग्र बन्दै गएपछि प्रहरीले गोली समेत चलाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री