एसईईका परीक्षार्थीलाई महानगरले गन्तव्यमा पुर्याइदिने, यी नम्बरमा कल गर्नुहोस्
काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ। आज गणतन्त्रवादी र राजावादीको प्रदर्शनका कारण यातायात सेवा प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरपालिकाले विद्यार्थीलाई परीक्षा केन्द्रसम्म पु¥याउन र फर्काउन सहयोग गर्ने जनाएको छ।
परीक्षा दिएर फर्किने क्रममा सवारी साधनको अभाव भएमा विद्यार्थीलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था महानगरपालिकाले मिलाएको हो। महानगरका मुख्य चार क्षेत्रबाट विद्यार्थीलाई सहज रूपमा गन्तव्यमा पुर्याउन सवारी साधनको प्रबन्ध गरिएको छ।
यस कार्यका लागि नगर प्रहरी बललाई जिम्मेवारी दिइएको छ। बानेश्वर क्षेत्रमा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, रत्नपार्कमा नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, नयाँ बसपार्कमा नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट र टेकु क्षेत्रमा नगर प्रहरी निरीक्षक प्रकाश पण्डित नेतृत्वको टोली खटाइएको छ।
सम्पर्क व्यक्ति र स्थान:
न.प्र.उ. दिनेशकुमार अर्याल: ९८५१०६८०९६ (बानेश्वर)
न.प्र.उ. मनोजप्रसाद लामिछाने: ९८५१०९३१७६ (रत्नपार्क)
न.प्र.ना.उ. पूर्णचन्द्र भट्ट: ९८५१२३३६३३ (नयाँ बसपार्क)
न.प्र.नि. प्रकाश पण्डित: ९८५१०५६३४६ (टेकु)
हटलाइन: ०१५९०१७६४
महानगरपालिकाले विद्यार्थीको सहजताका लागि यो व्यवस्था गरेको र आवश्यक परेमा सम्बन्धित सम्पर्क नम्बरमा फोन गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया