बुधबार, ३२ असार २०८२

शैक्षिक सत्र सुरु नहुँदै भर्ना प्रक्रिया सुरु गरे काठमाडौँ महानगरले विद्यालयहरूलाई कारबाही गर्ने

समयपोष्ट २०८१ चैत ३ गते २०:१६

Advertisement

काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र सुरु नहुँदै भर्ना प्रक्रिया सुरु नगर्न मातहतका सबै विद्यालयहरूलाई सचेत गराएको छ।

सोमबार महानगरपालिकाले सबै विद्यालयहरूलाई पत्राचार गर्दै नियमावलीविपरीत भर्ना प्रक्रिया सञ्चालन नगर्न निर्देशन दिएको हो। साथै, यो नियम उल्लंघन गरे प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।

महानगरपालिकाका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले जानकारी दिएअनुसार, काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीको नियम ४८ को उपनियम ६ मा शैक्षिक सत्र सुरु नहुँदै भर्ना गराउन नपाउने स्पष्ट व्यवस्था छ। तर, पछिल्लो समय केही विद्यालयहरूले शैक्षिक सत्र सुरु नहुँदै भर्ना प्रक्रिया अगाडि बढाएको जनगुनासो आएपछि महानगरपालिकाले यस्तो कदम चालेको हो।

“हामीले नियमावलीको पालना गराउन कडाइ गरेका छौँ। शैक्षिक सत्र सुरु नहुँदै भर्ना खुला गरेको पाइएमा कानुनी कारबाही हुन्छ,” ज्ञवालीले भने।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री