टाटा योधा १.५टी सार्वजनिक
टाटा मोटर्सले नेपाली बजारमा नयाँ टाटा योधा १.५टी पिकअप सार्वजनिक गरेको छ। सिप्रदी ट्रेडिङ्ग प्रालिको आधिकारिक वितरणमा उपलब्ध यो नयाँ पिकअप बलियो बनोट, उच्च कार्यक्षमता र उत्कृष्ट भारवहन क्षमताका साथ प्रस्तुत गरिएको छ। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा टाटा मोटर्सका Head – CVIB, असिफ शमिमको उपस्थितिमा यो गाडी लन्च गरिएको हो।
टाटा योधा १.५टी मा ३ लिटर (२९५६ सीसी) को डीजल इन्जिन जडान गरिएको छ, जसले २५० एनएम टर्क प्रदान गर्छ र १५०० किलोग्रामसम्म भार उठाउन सक्ने क्षमता राख्छ। यो पिकअप विशेषगरी व्यावसायिक प्रयोगका लागि अत्यन्तै उपयोगी हुने कम्पनीले दाबी गरेको छ।
कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका सीईओ राजन बाबु श्रेष्ठले टाटा योधा १.५टी ले नेपाली बजारमा टाटा पिकअपहरूको लोकप्रियतालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। साथै, कम्पनीले टाटा योधाका पुराना ग्राहकहरूलाई विशेष सम्मान प्रदान गर्दै उनीहरूको व्यवसायमा यो गाडीले पुर्याएको योगदानको कदर गरेको छ। यो नयाँ पिकअपले नेपाली बजारमा व्यावसायिक सवारीको मागलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया