शनिबार, १५ वैशाख २०८१

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा

समयपोष्ट २०८० चैत ६ गते १६:४०

Advertisement

मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । दुवै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमै अध्यापन गराउन निर्देशन जारी गरेका हुन् ।

छत्रकोट गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाभित्र कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका सम्पूर्ण पदाधिकारीले आगामी शैक्षिक सत्र २०८१ देखि आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरेको छ ।

मुसिकोट नगरपालिकाले पनि नगरपालिका अन्तर्गतका सरकारी सेवासुधिवा लिने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमै भर्ना गर्न अनुरोध गरेको छ । मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले सरकारी सेवासुविधा लिनेलाई सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि नैतिक प्रश्न सिर्जना भएकोले यस्तो निर्णय गरेको बताउनुभयो ।

“सामुदायिक विद्यालय सुधार्नका लागि पहिले हामीले आफ्नै बालबालिका सामुदायिक विद्यालयमा पढाउनुपर्छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री