शनिबार, १५ वैशाख २०८१

युक्रेनले सन् २०२३ मा चार करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने

समयपोष्ट २०७९ चैत ११ गते १९:५९

Advertisement

युक्रेनले सन् २०२३ मा चार करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने बताएको छ ।

युक्रेनका प्रधानमन्त्री डेनिस इश्मिहालले यो बर्ष युक्रेनले चार करोड ५० लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभएको हो ।

“युक्रेनलाई आबश्यक खाद्यान्न अघिल्लो वर्षजस्तै यस वर्ष पनि पूर्ण रूपमा उपलब्ध गराइनेछ,” इश्मिहाललाई उद्धृत गर्दै सरकारी प्रेस सेवाले जनाएको छ ।

“युक्रेनको गहुँ बाली लगभग ६० लाख टनको घरेलू खपत को साथ यस वर्ष एक करोड ६० लाख ६० हजार टन अनुमान गरिएको छ,”उहाँले भन्नुभयो ।

युक्रेनी सरकारले किसानहरूलाई जारी वसन्त ऋतुको रोपाइँ अभियानलाई सुचारु रूपमा सञ्चालन गर्न मद्दत गरिरहेको उहाँले बताउनुभयो ।

युक्रेनको कृषि मन्त्रालयका अनुसार गत वर्ष युक्रेनका किसानले पाँच करोड ३९ लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री