बिहीबार, २० वैशाख २०८१

सामसङ्गले नेपाल ल्याउँदै ग्यालेक्सी ए ३४ ५ जि र ग्यालेक्सी ए ५४ ५ जि

समयपोष्ट २०७९ चैत ९ गते २१:५३

Advertisement

सामसङ्गको नयाँ ए–सिरिजका स्मार्टफोनहरु नेपाल आउनका लागि तयारी अवस्थामा रहेका छन् ।

सामसङ्ग ग्यालेक्सी ए ३४ ५ जि र ग्यालेक्सी ए ५४ ५ जिको विश्वव्यापी बिक्री सुरूवात भएसँगै नेपाली बजारमा सामसङ्गको ए–सिरिजका नयाँ संस्करणका फोनहरु सार्वजनिक हुँदैछन् ।

नयाँ ग्यालेक्सी ए ३४ ५जि र ग्यालेक्सी ए ५४ ५जि विश्वव्यापी रुपमा बिक्री सुरूवात भइसकेका छन् र विशेष गरी तिनमा भएका तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरुमा पहुँच रहेकाे छ । दुवै स्मार्टफोनहरु तिनीहरुको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन् । ग्यालेक्सी ए३४ ५जि ४८ एमपि प्राइमेरी क्यामरा र २ एमपि म्याक्रो लेन्सका साथ आएको छ भने ग्यालेक्सी ए५४ ५जिमा ५ एमपि म्याक्रो लेन्ससहित ५० एमपि प्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपिको अल्टा वाइड एँगल लेन्स जडित छ । यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो-भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाइनेछ ।

दुवै ग्यालेक्सी ए ३४ ५जि र ग्यालेक्सी ए ५४ ५ जिलाई १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकोले यसमा भएकाे सुपर एमोलेड डिस्प्ले रहेकाे छ । यी फोनहरु बलिया पनि छन्, यसका पानी र धुलो प्रतिरोधक आइपि ६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङ्गको सिग्नेचर नक्स सेक्युरिटीको साथ, जुन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध छन् । ग्यालेक्सी ए ३४ ५ जि र ग्यालेक्सी ए ५४ ५ जि मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ । यी विशेषताहरले प्रयोगकर्ताहरुलाई उनीहरुको स्मार्टफोनको जीवनचक्रलाई अधिक बनाउन पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँच दिनेछन् ।

Advertisement

सामसङ्ग ग्यालेक्सी ए ३४ ५जि र ग्यालेक्सी ए ५४ ५जिको डिजाइन ग्यालेक्सी एस २३ को मुख्य डिजाइनसँग मिल्दोजुल्दो रहेको छ । सामसङ्गले ए–सिरिजको शृँखलामा यी नवीनतम संस्करणहरुद्वारा एक अर्को खोजपूर्ण कार्य ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री