प्रधानमन्त्री मोदीद्वारा ग्लोबल मिलेट्स सम्मेलनको उद्घाटन, भारतीय राजदूतावास काठमाडौं भर्चुअल रुपमा सहभागी

भारतीय राजदूतावास, काठमाडौंले आज ‘ग्लोबल मिलेट्स (श्री अन्न) सम्मेलन’ को उद्घाटनमा भर्चुअल रुपमा सहभागी जनाएको छ।

Advertisement

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नयाँ दिल्लीमा भएको ‘ग्लोबल मिलेट्स (श्री अन्न) सम्मेलन’ को उद्घाटनमा भारतीय राजदूतावास, काठमाडौंले भर्चुअल रुपमा सहभागी हुनुका साथै सो समारोहको प्रत्यक्ष प्रसारण गरेको हो । अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको अवसरमा सो सम्मेलनको आयोजना गरिएको हो ।

दूतावासमा आयोजित सो कार्यक्रममा नेपाल सरकार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कमार मरासिनी, नेपाल र भुटानका लागि खाद्य तथा कृषि संगठन (FAO) का प्रतिनिधि केन शिमुजु, कृषि उद्योग तथा कृषि संगठनका प्रतिनिधि र भारतीय समुदायका सदस्य गरी झण्डै ५० जना अतिथिको उपस्थिति थियो ।

दिल्लीमा भएको उक्त सम्मेलनमा प्रधानमन्त्री मोदीले (IYM) – 2023 अंकित हुलाक टिकट र सिक्का सार्वजनिक गर्नुभयो । सो अवसरमा वहाँले ICAR-IIMR (Indian Council of Agricultural Research -Indian Institute of Millets Research लाई ‘ग्लोबल सेन्टर अफ एक्सिलेन्स इन मिलेट्स रिसर्च’ घोषित गर्नुभयो ।

Advertisement

खाद्य सुरक्षा, पोषण तथा जलवायु सन्तुलनमा कादोजन्य बालीको महत्वलाई प्रवर्धन गर्न हेतु सन् २०२१ मार्च ५ मा संयुक्त राष्ट्रसंघको महासभाले वर्ष २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रुपमा मनाउने घोषणा गरेको थियो । महासभामा भारत सहित बंगलादेश, केन्या, नेपाल, नाइजेरिया, रुस र सेनेगलले अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सम्बन्धि एक संकल्प प्रस्ताव प्रस्तुत गरेको थियो र सो प्रस्तावलाई राष्ट्रसंघका ७० भन्दा बढी सदस्य राष्ट्रले समर्थन गरेको थियो ।

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष–२०२३ लाई जनअभियानको रुपमा अघि बढाउन एवम् यो वर्ष भरी देशभित्र र देशबाहिर हुने विभिन्न कार्यक्रम तथा गतिविधिमार्फत भारतलाई कोदोजन्य बालीको थलोको रुपमा स्थापित गर्न भारत सरकारले विभिन्न सरोकारवालासँग हातोमालो गरेको छ ।

सो सम्मेलनको उद्घाटन पश्चात् कार्यक्रममा उपस्थित अतिथि एवम् सहभागीले कोदोबाट बनेका विभिन्न परिकारको स्वादको मजा लिए ।

भारतीय राजदूतावास, काठमाडौंले यस्तै अर्थपूर्ण प्रयासमार्फत भारत र नेपालबीचको सम्बन्धलाई थप बलियो बनाउन एवम् स्वस्थ भविष्य निर्माणका लागि दीगो कृषिजन्य अभ्यासलाई प्रवर्धन गर्न प्रतिबद्ध रहेको जनएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री