सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुन: काठमाडौंमै अवतरण

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौंमा अवतरण गरिएको छ।

Advertisement

शनिबार बिहान बुद्ध एयरको यु ४१३३ जहाजमा समस्या देखिएपछि वीरगन्जबाट मोडेर काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।

काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा धावन मार्ग छाड्ने बेला उड्न नसकेकोले पार्किङ गरिएको थियो।

उक्त जहाजमा यात्रा गरिहेको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दिपेन्द्र शर्माले फेसबुकमा स्टाटस लेख्दै आकाशकम उडिरहेको जहाजमा समस्या भएपछि पुन: काठमाडौं मै ल्यान्डिङ गरिएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘शुरुमा धावनमार्ग छोड्न लाग्दा रोकेर पार्किङमा राखियो। अनि ठिक छ भनेर पुन उडाइयो आकाशमा उडिरहेको जहाजमा फ़ेरि समस्या आयो अब ल्यान्डिङ्ग हुँदैछ नआत्तिनु होला भन्ने सूचना आयो। जिन्दगीको पनि कहाँ के भन्ने केहो पत्तो छैन। सरकार?’

Advertisement

शर्माका अनुसार जहाजमा प्राविधिक समस्या भएको यात्रुलाई जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री