
शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
आज छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको छ ।
यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया