
काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।
मतदान बिहान १० बजेबाट सुरु भएको हो ।
उपराष्ट्रपति पदमा नेकपा एमालेबाट शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी, नेपालबाट यादव, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी, नेपालबाट नै प्रमिलाकुमारी उपराष्ट्रपति पदको उम्मेदवार छन् ।
यद्यपी प्रमिला कुमारीले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरिसकेकी छन् ।
निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ । मतदानका लागि मतदाता बिहान नौ बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध भएका थिए भने उम्मेदवारहरू पनि मतदान केन्द्रमा आइसकेका छन् । मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।










प्रतिक्रिया