शनिबार, ८ वैशाख २०८१

आफ्नै साथीले पेट भित्र सिसाको बोतल पसाईदिए, चितवन मेडिकल कलेजले यसरी निकाल्यो

समयपोष्ट २०७९ फागुन २२ गते २१:२४

Advertisement

रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटबाट शल्यक्रियामार्फत सिसाको बोतल निकालिएको छ ।

आफ्नै साथीले मलद्वारबाट सिसी नुर्सादको पेटभित्र पसाईदिएका थिए ।

नुर्सादलाई पेट दुखेपछि उपचारका लागि चन्द्रपुर अस्पताल लगिएको थियो । एक्सरे गर्दा पेटमा सिसाको बोतल देखिएपछि थप उपचारका लागि उनलाई चितवनको पुरानो मेडिकल कलेज लगिएको थियो ।

चितवनस्थित पुरानो मेडिकल कलेजका डा. नारायण बेलबासे र एनेसथेसिया डा. राजेश यादवसहितको टोलीले पेटको शल्यक्रिया गरेर सिसाको बोतल निकालेका हुन् । शल्यक्रियाको ४ घण्टापछि सोमबार साँझ नुर्सादको होस आएको डा. बेलबासेले बताए ।

हाल उनी चितवनस्थित पुरानो मेडिकल कलेजको आईसीयूमा चिकित्सकको निगरानीमै छन् ।

नुर्सादको पेटभित्र सिसाको बोतल पेटभित्र पसाउने व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री