शुक्रबार, २१ वैशाख २०८१

प्रिमियम मूल्यमा आइपिओ निष्काशनको अनुमति माग गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स धितोपत्र बोर्डमा

समयपोष्ट २०७९ फागुन १८ गते १८:५५

Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले फागुन १७ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम थपेर प्रति कित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले ९६ लाख कितात शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रति कित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशन गर्दा २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ संकलन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धक तोकेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री