शुक्रबार, ४ जेठ २०८१

नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा, डिशहोम ग्राहकलाई इन्टरनेटको नयाँ प्रविधि

समयपोष्ट २०७९ फागुन १८ गते १७:०४

Advertisement

डिशहोम फाइबरनेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा ल्याएको छ ।

कम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातबाट आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको हो ।

कम्पनीका अनुसार इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्य भूमिका हुन्छ । हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आईपी एड्रेस जरुरत पर्दछ । इन्टरनेट प्रोटोकल भर्सन सिक्स त्यसैको नयाँ पुस्ता हो ।

विश्वभर भी फोर मा उपलब्ध सीमित आईपी एड्रेस वितरण भएर सकिएपछि आईपी भी सिक्स विकास गरिएको थियो ।

Advertisement

आईपीभीफोरमा ३.७ अर्ब युनिक आईपी एड्रेस रहेका छन्, जब कि आईपी भी सिक्समा आईपी एड्रेसको सङ्ख्या ३४०० खर्ब रहेको बताइन्छ । एनएटी प्रविधि आवश्यक नपर्ने हुँदा आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ । साथै सुरक्षाका दृष्टिकोणले समेत यसलाई बढी प्रभावकारी मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री