आइतबार, ६ जेठ २०८१

बीवाइडीको गाडी खरिद गर्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

समयपोष्ट २०७९ फागुन १८ गते १५:३१

Advertisement

कुमारी बैंक र बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकबिच गाडी खरिद गर्न कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

बुधबार एक कार्यक्रमकाबिच साइमेक्स इंक र कुमारी बैंकबिच बिवाइडीका इलेक्ट्रिक गाडी खरिदका लागि ८० प्रतिशतसम्म कर्जाउपलब्ध गराउने सम्झौता भएको हो ।

कुमारीले बीवाइडीका इलेक्ट्रिक कार किन्ने ग्राहकका लागि ८ वर्ष सम्मको अवधिका लागि गाडीको मूल्यको ८० प्रतिशतसम्म ऋण सुविधा उपलब्ध गराउने जनाएको छ।

बैंकका नेपालभर रहेका शाखाहरुमार्फत ऋण सुविधा प्राप्त हुने बैंकले जानकारी दिएको छ।

Advertisement

हालै नेपाल भित्रिएको इलेक्ट्रिक एसयूभी एट्टो३ का लागि सुरुमा १२ लाख ९८ हजार रुपैयाँ मात्र तिरे पुग्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री