शुक्रबार, ४ जेठ २०८१

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुई जनाले जिते एक लाख

समयपोष्ट २०७९ फागुन १८ गते १४:४०

Advertisement

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुई जनाले नगद एक लाख रुपैयाँ जित्न सफल भएका छन् ।

कम्पनीका अनुसार भिमसेन थापा गाउँपालिका २, का रामजी प्रसाद अंगाइ र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले लक्की ड्र-मार्फत जनही एक लाख रुपैयाँ जित्न सफल भएका हुन ।

डिलर दाई बिष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठकोमा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

Advertisement

डिशहोमको तर्फवाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री