सोमबार, ३० असार २०८२

बैंक पछि स्कूल पनि हुन थाले मर्ज, कालिका र मानवज्ञान माविको यसरी भयो मर्ज

समयपोष्ट २०७४ चैत १३ गते ११:३९

अठासी करोडको गुरुयोजनासहित बुटवल १० मा रहेका कालिका मावि र मानवज्ञान मावि औपचारिक रुपमा गाभिएर कालिका मानवज्ञान मावि बनेको छ ।

Advertisement

दुई विद्यालय गाभिएपछि शिक्षाको गुणस्तरमा अझै वृद्धि हुने अपेक्षा विद्यालयले गरेको कालिका माविका प्राचार्य घनश्याम पाठकले जानकारी दिनुभयो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विद्यालय गाभिएपछि आगामी पाँच वर्षभित्र आठ हजार पाँच सय विद्यार्थी संख्या पु¥याउने लक्ष राखिएको प्राचार्य पाठकले जानकारी दिनुभयो ।

कालिकाले उत्कृष्ट नतिजाका कारण राष्ट्रियस्तरमा ख्याति कमाएको र तीन पटकसम्म राष्ट्रिय पुरस्कार पाएको छ । गाभिएपछिको विद्यालयको गुरुयोजना बनाउन कालिका मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम गलामीको अध्यक्षतामा व्यवस्थापन समिति र शिक्षक दिनेश थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भइसकेको छ ।

हाल कालिकानगरस्थित कालिका माविको भवनलाई सेक्टर १ र मानवज्ञानको भवनलाई सेक्टर दुई बनाई अध्यापन गराइनेछ । कालिका माविमा हाल चार हजार ३६४ तथा मानवज्ञानमा २५० विद्यार्थी छन् ।

दुई विद्यालय गाभिनाले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश जानाका साथै बुटवलको शैक्षिकस्तर माथि उकास्न महत्वपूर्ण हुने प्राचार्य पाठकले बताउनुभयो । गाभिएपछि विद्यालयमा रु ८८ करोडको गुरुयोजना बनाइने र त्यसमा प्राविधिक विषय, इञ्जिनीयरिङ, स्टेडियम, आवास गृह, प्रयोगशाला, छात्रावास, स्वीमिङ पुललगायत संरचना निर्माण गरिने बताइएको छ । रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री