मंगलबार, ६ साउन २०८२

रसुवागढीको सेयर बाँडफाँडमा ढिलाई हुनुको कारण यस्तो, न्युनतम ७० कित्ता सबैलाई दिने तयारी

समयपोष्ट २०७४ चैत ८ गते ८:०८

रसुवागढी जलविद्युत् कम्पनीले आइपीओमा आवेदन दिने सबैलार्इ सेयर दिने तयारी गरेको छ । मागभन्दा ६ गुणा बढी आवेदन परेकाले सबै सञ्चयकर्तालाई पुग्ने गरी बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीले गत फागुन ११ गतेदेखि ३० गतेसम्म साधारण सेयर जारी गरेको थियो ।

कम्पनीका अनुसार केही शेयर आवेदन फर्ममा समस्या देखिएका कारण शेयर बाँडफाँडमा ढिलाई भएको छ ।

कम्पनीकअनुसार केही आवेदनमा डिम्याट खाता प्रस्ट नभएको, खाता नम्बर प्रस्ट नलेखिएको, नाम तथा ठेगाना समेत समेत स्पष्ट नदेखिएको पाइएकाले त्यस्ता आवेदन रद्द हुने देखिएको छ । तर कम्पनीले आवेदन दिएका सबैलाई शेयर दिने तयारी गरेको जनाएको छ । प्रष्ट रुपमा आवेदन नदिएकालाई समेत शेयर दिने तयारी भैरहेको कम्पनीले जनाएको छ ।

केही आवेदन रद्द भएकाले उनीहरूको विवरणसमेत समेटेर बाँडफाँड गर्ने तयारी गरिएकाले बाँडफाँडमा ढिलाई भएको कम्पनीले जनाएको छ ।

आयोजनाले आवेदक सबैलाई न्यूनतम ७० कित्ता शेयर दिने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री