शुक्रबार, १६ चैत २०८०

विमान दुर्घटना : चार महिनाकी छोरी काखमा राख्ने अवधेशकुमारको इच्छा यसरी खोसियो

समयपोष्ट २०७४ फागुन ३० गते १:५३

दुर्घटना नभईदिएको भए रासनारायण राय यति बेला कान्छो छोरा अवधेशका साथ श्रीमतीलाई लिएर सर्लाहीको कविलासीस्थित आफ्ना घरमा पुगिसकेका हुन्थे ।

Advertisement

जहाँ चार महिनाकी छोरी सोनावनतीलाई काखमा लिएर पुनमदेवी सासु ससुरासँगै श्रीमानको स्वागतमा प्रतीक्षामा थिईन् ।

तर त्यसो हुन सकेन ।

वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका २३ बर्षीय अवधेशकुमारको राजधानीमा सोमबार भएको विमान दुर्घटनामा जीवन गुमेपछि यो परिवारको खुसीको यात्रा यहीँ रोकिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री