बिहीबार, १३ वैशाख २०८१

चिट लिन नमानी मिलाइदिनुहोस् भनी ट्राफिकलाई घुस दिँदा चालक परे यस्तो फन्दामा

समयपोष्ट २०७४ फागुन २९ गते १४:४८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।

Advertisement

महाशाखाको टोलीले सिंहदरबार चोकमा ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा सवारी नियम उलंघन गरेबापत चिट लिन नमानी मिलाइदिनुहोस् भनी रु ५०० घुस दिन लाग्दा सर्लाही घर भई भक्तपुर बस्ने भुवन मोक्तानलाई आज दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले घुस दिने र लिने दुवैलाई कारबाही गरिने जानकारी दिनुभयो । पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाएको महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री