आइतबार, २९ असार २०८२

न्यायाधीश चोलेन्द्र शम्शेरका कारण रोकियो बृहत पूर्ण इजलास

समयपोष्ट २०७४ फागुन २८ गते १४:१३

सर्बोच्च अदालतको मानहानी मुद्दाबारे सुनुवाइका लागि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नेतृत्वको पूर्ण इजलास अर्का न्यायाधीश चोलेन्द्रशम्शेर राणाका कारण स्थगित भएको छ ।

Advertisement

राणाले कान्तिपुर र डाक्टर गोविन्द केसीमाथि लागेको अदालतको मानहानीको मुद्धामा छिनोफानो गर्न बनेको पूर्ण इजलासमाथि आफ्नो फरक मत रहेको भन्दै बक्तब्य जारी गरेपछि सुनुवाई प्रक्रिया स्थगित भएको हो ।

उनले प्रधानन्यायाधीश पराजुलीको पदावली साउनमै सकिएको जिकिर गर्दैै उनीसँगको इजलासमा नबस्ने बताएका हुन् । उनले सेवा निवृत्त भैसकेको व्यक्तिले तोकेको इजलासमा बस्नु कानूनी तथा नैतिक हिसाबले नमिल्ने उल्लेख गरेका छन् । उनले प्रधानन्याधीशको एउटा प्रमाणपत्रमा २००९ साल जन्ममिति रहेको अर्कोमा २०११ पाइएको बताए ।

यस्तै न्यायाधीश राणाले प्रधानन्यायाधीशको जन्ममिति रहेका सबै कागज झिकाई हेर्दा फरक–फरक जन्ममिति भेटिएको बताउँदै प्रधानन्याधीश पराजुलीले आफैंले न्याय परिषदबाट फरक उमेर कायम गराई काम गरिरहेको दाबी गरे ।
प्रधानन्यायाधीश पराजुलीको पूर्ण इजलासमा न्यायाधिस ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर रााणा, दीपकुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र तेजबहादुर केसी सदस्य थिए । पूर्ण इजलासका एक सदस्य राणाले इजलास बहिष्कार गरेपछि आजको सुनुवाई स्थगित हुन पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री