बक्यौता नबुझाउने तीन क्यासिनोको अनुमति रद्द

पर्यटन विभागले तीनवटा क्यासिनोको अनुमतिपत्र रद्द गरेको छ।

Advertisement

रोयल्टी र नवीकरण शुल्क नियमित नबुझाएको भन्दै विभागले काठमाडौंका रक इन्टरनेशनल, ह्याप्पी हावर र ओरियन्टल होटल्स लिमिटेडले रोयल्टी र नवीकरण शुल्क नबुझाएको भन्दै अनुमतिपत्र रद्द गरेको हो ।

विभागका अनुसार रकले ११ करोड ४५ लाख, ह्याप्पी आवरले २१ करोड ५५ लाख र ओरियन्टल होटलले १७ करोड ७६ लाख रुपैयाँ तिर्न बाँकी छ।

विभागले ती क्यासिनोहरुमा खेल संचालनमा रोक लगाउन गृह प्रशासनलाई समेत पत्राचार गरेको जनाएको छ ।

विभागले तीन क्यासिनो कम्पनीहरुलाई पाँच दिन भित्रै बाँकी रकम दाखिला गर्न चैत १० गते निर्देशन दिएको थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री