बुधबार, १२ वैशाख २०८१

नेपालको समृद्धिका लागि सहयोग गरिने जापानी प्रतिबद्धता

समयपोष्ट २०७४ फागुन २५ गते १५:०३

नेपाल–जाइका अल्मुनाई एशोसिएशनको ४४औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।

Advertisement

जाइकाद्वारा यहाँ आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपालको समृद्धिका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जापानी सहयोग नियोग प्रमुख .जुन साकुमाले नेपालको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासका लागि जाइकामार्फत जापान सरकारले विभिन्न परियोजना सञ्चालन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा थप लगानी वृद्धि गर्ने बताउनुभयो ।

एशोशिएसनका अध्यक्ष डा रामचन्द्र भुसाल, महासचिव शान्ति शाक्य र केन्द्रीय सदस्य विदुर पौडेलले नेपाल–जापानबीचको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ‘मिलन’ शीर्षक स्मारिका सार्वजनिक गरिएको थियो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री