बुधबार, २ जेठ २०८१

‘खल्ती’बाट कुनै पनि बैंक खातामा नि:शुल्क पैसा पठाउने सुविधा

समयपोष्ट २०७८ चैत ७ गते २१:३२

Advertisement

खल्ती डिजिटल वालेटले नि:शुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा ल्याएको छ।

यससंगै प्रयोगकर्ताहरूले निस्शुल्क जहाँसुकैबाट ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल नि:शुल्क पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा हो। ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५०,००० र प्रति दिन १ लाख रहेको छ। तसर्थ, प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम नि:शुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्नेछन्। यो अफर चैत्र ७ गते २०७९ देखि बैशाख ६, २०७९ गते सम्म लागु हुने कम्पनीले जनाएको छ ।

यस सुविधाका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,“खल्ती सधैं प्रयोगकर्ताहरूको लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरूको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको छ।”

Advertisement

“खल्ती” नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको छ। २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००ं सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री