युक्रेनमा मारिए रुसी सेनाका वरिष्ठ कमाण्डर

रुसको ब्ल्याक सी फ्लीटका वरिष्ठ नौ सेना कमाण्डर युक्रेनमा मारिएका छन् ।

Advertisement

पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो ।

क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले पाली मारिएको पुष्टि गरे।

मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा आइतबार सो कुरा उल्लेख गरेका छन् ।

सेभास्टोपोल रुसको ब्ल्याक सी फ्लीटको आधार हो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री