बुधबार, २ जेठ २०८१

डिशहोम फाईबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

समयपोष्ट २०७८ फागुन २९ गते २१:४५

Advertisement

डिशहोमले सुरुवात गरेको डिशहोम फाईवरनेटको ग्राहक संख्या एक लाख पुगेको छ ।

चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम फाईवरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको जनाएको छ ।

एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अव देशभर सेवा दिन तयार डिशहोम फाईवरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिंदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए ।

सो अवसरमा डिशहोमका कर्मचारीहरुले केक काटेर खुसियाली साटेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री