प्रतिनिधिसभा बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

Advertisement

आइतबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पेश गर्ने तयारी छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम २ बमोजिम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण हुने उल्लेख छ ।

त्यसअघि सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको २१ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री