बुधबार, २ जेठ २०८१

क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्सले लियो नयन राज पाण्डेको चर्चित नोवेल लू को कपिराइट

समयपोष्ट २०७८ फागुन २६ गते १६:५८

Advertisement

क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्सले लियो नयन राज पाण्डेको चर्चित नोवेल लू को कपिराइट प्राप्त गरेको छ ।

राजधानीमा बिहीबार एक कार्यक्रमकाबिच कारो फिल्म्स प्रा लिका प्रबन्ध निर्देशक निशा खरेल र लेखक नयन राज पाण्डेबीच चर्चित नोवल लूको कपिराइट हस्तान्तरण समारोह सम्पन्न भयो ।

चलचित्र लू को पटकथा लेखक नयन राज पाण्डेले नै लेख्ने हुनु भएको हो ।

ठूला लगानीमा उच्च गुणस्तरका चलचित्रहरु निर्माण गर्ने उदेश्यसहित कारो फिल्म्सको स्थापना भएको कारो फिल्म्सका प्रबन्ध निर्देशक निशा खरेलले बताउँनुभयो ।

Advertisement

उहाँले नेपाली चलचित्र क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने अन्तिम चरणमा आफ्नो कम्पनी रहेका बताउँनुभयो । जसले नेपाली फिल्म जगतको गुणस्तर बढाउन र रोजगारी सृझाना गर्न टेवा पुग्ने विश्वास लिएको खरेलले बताउँनुभयो । उहाँले आगामी दिनमा कारो फिल्म्सले वेब सिरिज, रियालिटी सोहरु निर्माण गर्ने बताउँनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री