ओलीलाई अझै आफु शक्तिशाली छु भन्ने भ्रम छ, निर्वाचनमा तोडिदिन्छौ : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको नेपाली काँग्रेससंग मिल्ने चाहना पुरा नभएको बताएका छन् ।

Advertisement

बुधबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसीको नाममा आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेर काँग्रेससँग मिल्ने ओलीको योजना पुरा नभएको बताएका हुन् ।

नेता नेपालले ओलीले अझै सत्ता गठबन्धन तोड्ने प्रयास गरिरहेको दाबी समेत गरे ।

उनले एमाले अध्यक्ष ओलीलाई अझै पनि आफु निकै शक्तिशाली रहेको भ्रम परेको भन्दै त्यो भ्रम आगामी निर्वाचनमा तोडिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री