आइतबार, २३ वैशाख २०८१

अस्वस्थ प्रतिस्पर्धालाई सुधार्नेमा केन्द्रित छौं

समयपोष्ट २०७८ फागुन २५ गते १२:१८

Advertisement

निर्जीवन बीमा क्षेत्रमा यहाँले देखेका मुख्य–मुख्य चुनौती के हुन् ?

बीमा भनेको दुःखको साथी हो । बीमितहरुलाई प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिपूर्ति दिई उनीहरुलाई पूर्ववत् अवस्थामा फर्काउने हो । विपत आइसकेपछि भगवान्लाई हारगुहार गरेरमात्र हुँदैन । त्यसभन्दा पहिले बीमा गरेर सुरक्षित हुने हो । तर, यहाँ भवितव्यको साथी बीमालाई दुःख परेपछि मात्र मान्छेले सम्झने गर्छन् । जसले बीमा गरेर त्यसको प्रिमियम तिर्छ, त्यसपछि आपतविपत परे बल्ल बीमाले साथ दिने हो । बीमा दुःखको साथी भनिए तापनि बीमा गरेकै छैन भने सहयोग गर्न सकिँदैन । त्यसकारण जनचेतना अभिवृद्धि कसरी गर्ने, बढीभन्दा बढी मानिसलाई बीमाको दायरामा कसरी ल्याउने भन्ने नै मुख्य चुनौती हो । अवश्य पनि पहिलेको दाँजोमा बीमाको पहुँच वृद्धि हुँदै गएको छ । अहिले बीमाको जीडीपीमा योगदान ३ प्रतिशत माथि पुगिसकेको छ । यो वर्ष जनरल इन्स्योरेन्सको मार्केट साइज बढेर ४८ अर्व हाराहारी हुन्छ । व्यवसाय गर्दै जाँदा तल्लो वर्गलाई कसरी समेट्ने, ग्रामीण भेगसम्म कसरी पुग्ने र बीमाको पहुँच कसरी बढाउने भन्ने हो । त्यसका लागि रिटेल विजनेस गर्यो भने राम्रो हुन्छ । लघु बीमा, कृषि, स्वास्थलगायतका क्षेत्रमा कसरी पुग्ने भन्ने चुनौती छ । अर्को, सेटलमेण्टको कुरा पनि हामीहरुले गरिरहेका छौँ । कोरोना बीमाको क्लेम सेटलमेण्ट नभएको हुनाले हामीले गरेको राम्रो काम पनि ओझेलमा परेको छ । विश्वसनियतामा आँच आएको छ । सरकारको कमिटमेण्टलाई साथ दिँदै बीमाको पहुँच वृद्धि गर्नु नै अहिलेकौ मुख्य चुनौती हो ।

बाहिरबाट हेर्दा निर्जीवन बीमा क्षेत्र मोटर बीमाको भरमा मात्र टिकेको जस्तो देखिन्छ नि ?

विकास भनेकै पहिले बाटोघाटो निर्माणबाट सुरु हुन्छ । त्यसपछि शिक्षाको कुरा आउँछ । हाम्रोजस्तो देशमा यातायातका साधन वृद्धि हुनु भनेको त्यसको पहुँच ग्रामीण भेगसम्म पुग्नु हो । त्यसले गर्दा सवारीसाधनको पहुँच र बिक्री दुवै नै धेरै हुन्छ । धेरैजसो सवारीसाधन कर्जासँग आबद्ध भएको हुँदा बीमा गर्नुप¥यो । हाम्रो भौगोलिक बनावट, सरकारले थर्ड पार्टी बीमा गर्नैपर्छ भनेको छ । त्यो बाहिरतिर पनि छ तर यहाँ कडाइपूर्वक फलो गरिएको छैन । बाहिरतिर थर्ड पार्टी बीमा नगरी सोरुमबाट गाडी बाहिर निस्किँदैन । त्यसले गर्दा पनि भोलुम अलि देखिएको हो । विगत पाँच–छ वर्षबाट हेर्ने हो भने गाडीको प्रतिशत भोलुम समग्रमा छ तर प्रतिशत कम छ । पहिले ६०–७० प्रतिशत थियो भने अहिले ५० प्रतिशतभन्दा तल आइसकेको छ । अन्य व्यवसायहरु वृद्धि हुँदैछन् । स्वास्थ, लघुलगायतका बीमाहरुको पहुँच बढेको हुनाले मोटरको प्रतिशत वाइज रेसियो घटेको छ । ओभर अल प्रिमियम अहिले पनि राम्रो छ । गर्नैपर्ने बाध्यता त्यसमा बनाइएको हुनाले त्यो भएको हो ।

Advertisement

अरुलाई पनि त्यस्तै बनाउनुपर्छ । विकसित मुलुकहरुमा पनि बीमाको पहुँच बढाउन सरकारको क्लियर भिजन र पोलिसी हुन्छ । त्यो गर्नैपर्छ भन्ने हुन्छ । सरकारले नै स्वास्थ बीमा गरिदिन्छ । सामाजिक सुरक्षाको कुरा बीमाबाटै हुन्छ । कर्जा लिएपछि गर्नैपर्छ । नलिएको खण्डमा पनि करको माध्यमबाट बढाउनैपर्छ । बाहिरतिर त्यही नै हुन्छ । त्यसकारण त्यता बीमाको पहुँच राम्रो छ । रोजगारी सिर्जना, विकास सबै सम्भव पनि भएको छ । सरकारले धानबाली नष्ट भएपछि १०–११ अर्व दिने भनिएको छ । पहिले नै बीमा गरेर प्रिमियम तिरेको भए नोक्सान कम हुन्थ्यो । कसैको मुख ताक्न पर्दैनथ्यो । त्यसकारण यसलाई अनिवार्य गरेर जानुपर्छ ।
कहिलेकाहीँ यहाँ तपाईंको सजिलोका लागि बिजनेस बढाइदियो भन्छन् । बैङ्कले गरेको छ । तर, त्यो प्रपर वेमा छैन । बैङ्कहरुको अरु जग्गाहरुले धानेको हुन्छ । घरको भ्यालुएसन धेरै भए पनि जग्गाको भ्यालुले धानेको हुँदा घरको मूल्य कम गरेको हुन्छ, जुन बजार भाउभन्दा कम हुन्छ । हामीले बीमा पनि त्यसमै गरेका हुन्छौँ । कुनै क्लेम पर्दा अण्डर इन्स्योरेन्सको कुरा आउँछ । पूरा क्लेम नपाएपछि सञ्चार अभावका कारण बीमाले पैसा कम दियो भन्ने खालका कुराहरु आउँछन् ।

सरकारले अनुदानसहित कृषि बीमा ल्याएको छ । तर, त्यसमा आकर्षण बढ्न नसक्नुको कारण के हो ?

सरकारले कृषि बीमा ल्याएको छ । यो धेरै राम्रो सोच हो । राम्रो पनि भएको छ । यसलाई प्रभावकारी छैन भन्न मिल्दैन । तर, सोचेजति नभएको सही हो । गाई, भैँसी, कुखुरा, बाख्रामा अनुदान हटाइदियो भने पनि किसानहरुलाई बीमाको प्रिमियम कम हुन्छ । क्लेम पर्दा सहयोग हुन्छ भन्ने बुझिसकेका छन् । अहिले हामी अलि पछाडि परेको भनेको बालीनालीको कुरामा हो । नगदे बाली जस्तै– किवी, ड्रागन फ्रुट, कफीको पनि पोलिसी आइरहेको छ । त्यसमा पहुँच बढाउन सरकारको सहयोग हुनुपर्छ । सरकारले अनुदान दिएको छ तर अनुदानको पैसा हामीले क्लेम तिरिसकेपछि आर्थिक वर्षको अन्तिममा आउँछ । अन्य खर्चहरु म्यानेजमेण्ट कष्ट, एजेन्सी कमिसन सबै गर्दा हाम्रो हातमा शून्य हुन्छ । त्यसको बाबजुद पनि सबै कुरामा नाफामात्र हेर्न हुँदैन । कृषिप्रधान देशलाई कृषिमा बढावा दिनुपर्छ । आयात कम हुन्छ । यहीँ उत्पादन हुन्छ भन्ने हिसाबले गरिरहेका छौँ । तर, त्यो पैसा दिन एकदम गाह्रो छ । बजेट छुट्याइसकेपछि बीमा समितिमा हिसाबकिताब गरेर दिनुपर्छ नि । तर, हाम्रो गत वर्षकै पैसा आएको छैन । यो वर्षको त कहिले आउने हो टुङ्गो नै छैन । यस्तो स्थितिमा पनि हामीहरुले गरिरहेका छौँ । त्यो काम राम्रो छ । यसको पहुँच बढाउन सरकारले प्राविधिक कुराहरुमा सहयोग गर्यो भने अझ बढी हुन्छ । अहिले निजी क्षेत्रले यति गर्नु ठूलो योगदान हो । उहाँहरुले प्रिमियम दिए, त्यो पनि ठूलो योगदान हुन्छ । उहाँहरुले प्राविधिक पक्षबाट के गर्नुपर्यो भन्दा हामीसँग अहिले जनशक्ति छैन, तयार गर्दैछौँ । अहिले हामीले यसको बारेमा बुझ्दै पनि छौँ । कृषि मन्त्रालयअन्तर्गतका निकायहरुले हामीहरुसँग हातेमालो गरे कृषि कार्यक्रमहरु लिएर जाँदा यी कुराहरु बुझाउँदै जाँदा छिटो हुन्छ जस्तो लाग्छ ।

अन्य देशमा वेदर इण्डेक्स प्रडक्सन बेसमा पोलिसीहरु बनाइएको हुन्छ । अस्ति हामीहरुले पनि विराटनगर ट्रायल फेजमा गर्यौं । धानको बाली जुन अहिले नोक्सान भएको छ, त्यसको रिपोर्ट आउन बाँकी छ । क्लेम कति आउँछ । सरकारले त्यो  वेदर इण्डेक्सको राडारहरु राखेर गर्यो भने सजिलो हुन्छ ।

निर्जीवन बीमा क्षेत्रमा अलि बढी अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । उधारो बीमा, नगद फिर्ता, नक्कली दाबी सिर्जना र भुक्तानी, ट्यारिफभन्दा कममा बीमा गर्नेजस्ता छन् । यसको न्यूनीकरण कसरी गर्न सकिएला ?

बीमाको पहुँच बढाउनु र स्वस्थ प्रतिस्पर्धा गर्नु हाम्रो मुख्य उद्देश्य हो । त्यसका लागि नियामकीय निकाय बीमा समितिसँग सहकार्य गरेर कार्यहरु अगाडि बढाइरहेका छौँ । कतिपय कुराहरुमा परिवर्तन आइसकेको पनि छ । जस्तो थर्ड पार्टीलाई हामीले पुलमार्फत् गरिदियौँ । त्यसबाट विचौलियाहरुलाई जाने गरेको अनावश्यक पैसा जोगियो । अन्य स्थानमा जहाँ–जहाँ अस्वस्थ प्रतिस्पर्धा छ, त्यहाँ ट्यारिफ भएको हुनाले त्यसलाई कसरी कडाइका साथ फलो गर्ने भनेर सङ्घसँग अनुमति लिइसकेका छौँ । बीमा समितिसँग सहकार्य गरेर अगाडि बढ्ने र जसले बद्मासी गर्छ एक–दुईपटक चेतावनी दिने, नमाने बीमा समितिको सहयोगमा त्यसलाई बजारबाट नियन्त्रण गर्नुपर्छ । ग्राहकले पैसा कम तिर्न पाए हुन्थ्यो भन्ने सोच्छन् । ग्राहकलाई हामीले व्यावसायिकरुपमा बुझाउन नसक्दा बीमा भनेको परेपछि देखा जाहेगा भन्ने सोंच छ ।

हामीले छिटो–छरितो क्लेम सेटलमेण्ट कसरी गर्ने, राम्रा–राम्रा प्रडक्ट ल्याएर मानिसहरुलाई ह्यासल फ्री गरेर सेटलमेण्ट कसरी गर्ने, व्यवसायीकरण कसरी गर्ने, क्लेम कसरी तिर्ने ? त्यो कुरामा प्रतिस्पर्धा गर्नुको साटो छोटो अवधिका लागि बिजनेस लिएर गरिरहेका छौँ । त्यसले दीर्घकालीनरुपमा राम्रो गर्दैन ।

हामीले बीमा समितिसँग मिलेर सुधारका धेरै कामहरु गरेका छौं । अहिले मार्केट राम्रो पनि भएको छ । त्यही हिसाबले उहाँहरुसँग विचार–विमर्श गरेर बजारको अस्वस्थ प्रतिस्पर्धालाई सुधार्नेमा केन्द्रित छौं । हामीले छिटो–छरितो क्लेम सेटलमेण्ट कसरी गर्ने, राम्रा–राम्रा प्रडक्ट ल्याएर मानिसहरुलाई ह्यासल फ्री गरेर सेटलमेण्ट कसरी गर्ने, व्यवसायीकरण कसरी गर्ने, क्लेम कसरी तिर्ने ? त्यो कुरामा प्रतिस्पर्धा गर्नुको साटो छोटो अवधिका लागि बिजनेस लिएर गरिरहेका छौँ । त्यसले दीर्घकालीनरुपमा राम्रो गर्दैन । त्यसको ज्वलन्त उदाहरण भनेको भूकम्पपछि बजार लसमा गएपछि रिइन्स्योरेन्स एकदम कठिन भयो । त्यसपछि हरेक साल विश्वभरि नै प्राकृतिक प्रकोपका कारण लस भई नै रहेको छ । रिइन्स्योरेन्स कम्पनीले लस कहाँबाट घटाउने, मेकअप गर्नेभन्दा क्लाइन्ट वेसबाट हो । त्यो प्रिमियमहरु बढेको छ । पहिले इन्जुरी पोलिसी डि ट्यारिफ थियो, अहिले मिनिमम वेसलाइन भनेर तयार गरेका छौँ । त्यसको लस रेसियो यति धेरै भयो कि रिइन्स्योरेन्स कम्पनीले जोखिम बहन गर्न खोजेकै छैन ।

बीमा समितिले केही समयअगाडि स्वदेशी कम्पनीसँग मात्रै रिइन्स्योरेन्स गर भनेको थियो । त्यसको यहाँहरुले विरोध पनि जनाउनुभएको थियो । त्यो अहिले के भइरहेको छ ?

हामीले त्यसमा विरोध गरेका छैनौँ । नेपालमा कुनै कम्पनी आउँछ भने राज्य र हामीले पनि त्यो कम्पनीलाई कसरी राम्रो बनाउने, बलियो बनाउने भन्ने हुन्छ । अहिले नेपालमा दुईवटा रिइन्स्योरेन्स कम्पनी छन् । बाहिरको मार्केट एकदम हार्ड भएकोले यहीँ गर्न पाए झन् राम्रो हुन्थ्यो । त्यसमा कुनै इस्यु छैन । बीचमा बुझाइमा समस्या आउँदा अलिकति समस्या आएको छ । अहिले कम्पनीहरुले दुईवटै पुनर्बीमा कम्पनीहरुलाई बिजनेस दिइरहेको छ । यसले बाहिर जाने पुँजी रोकेको छ । त्यसले गर्दा देशलाई फाइदा नै हुन्छ । भइरहेका कम्पनीहरु नयाँ वा पुराना जुनसुकै होऊन्, उहाँहरुले पनि आफ्नो व्यावसायिकताको विकास गर्नुपर्यो । सफ्टवेयरमा त्यहीअनुसार काम गर्नुपर्यो । जोखिम कम कसरी गर्ने भन्ने कुरा उहाँहरुले ल्याउनुपर्यो । आफ्नो क्यापासिटी यो छ भन्नुपर्यो । त्यहीअनुसार हामीले उहाँहरुलाई जोखिम हस्तान्तरण गर्ने हो । हामीलाई राम्रो यहीँ गर्दा हुन्छ भने बाहिर किन जाने ? तर, त्यसलार्ई हामी सत्प्रतिशत रोक्न सक्दैनौँ । हामीले पनि उहाँहरुको क्षमता हेरेर बिस्तारै–बिस्तारै दिने हो । पहिले हाम्रो कम्पनी तीन करोडको थियो । अहिले १ अर्बको छ । पहिलेको भन्दा बिस्तारै–बिस्तारै मैले रिष्क एपटाइट गर्छु । त्यहीअनुसार उहाँहरुलाई पनि बिस्तारै दिने हो । त्यसमा कुनै आपत्ति छैन । बीमा समितिसँग पनि हाम्रो त्यहीअनुसारको अण्डस्र्ट्याण्डिङ भएको छ । धेरै भएको दुईवटै कम्पनीहरुलाई बाँडेर काम गरिरहेका छौँ । अब रिन्यु गर्दा उहाँहरु कम्पनीहरुमा आएर मेरो क्षमता यो हो, हामी यति धान्न सक्छौँ भनेर देखाउनुपर्यो र त्यहीअनुसार बिजनेस अगाडि बढ्छ । आइसकेको कम्पनीलाई हामीले सपोर्ट गर्नुपर्छ ।

 

बीमा समितिले २०२४ सम्ममा रिक्स बेस क्यापिटल कायम गर्नुपर्ने भनेको छ ? अहिलेदेखि नै नगद लाभांशमा रोक लगाउने भनेको छ । त्यसमा यहाँको धारण के छ ?

रिष्क बेस्ड क्यापिटल लागु गर्न अहिले जनशक्तिको कमी छ । एनएफआरएस गर्दा याक्चुरी भ्यालुएसनका लागि भारत पठाउनुपर्छ । उहाँहरुले त्यसका लागि समय पनि दिनुभएको छ । बीमा समिति, हामी र सङ्घबीचमा विश्व बैङ्कको टिमसँग छलफल पनि भएको थियो । उहाँहरुले त्यो गर्न समय लाग्न सक्छ तर त्यो कुरामा समितिमा मात्र नभई हरेक बीमा कम्पनीहरुमा त्यो चिजलाई कसरी अगाडि बढाउने भनेर तालिमहरु पनि गराउनुपर्छ । हाम्रो जनशक्तिहरु त्यहीअनुसार विकास गरेपछि छिटो–छरितोरुपमा हुन्छ । त्यसमा चार वर्षको समय दिइएको छ । यो कुरा श्रीलङ्कामा गर्दा नौ वर्ष लागेको थियो । हाम्रो यहाँ पनि बिस्तारै हामी गर्छौं । रिष्क बेस्ड क्यापिटल विश्वभर छ । यो नराम्रो छैन । त्यसले गर्दा कम्पनीको साइज, एसेट्स के छ, ल्याबिलिटी कति छ थाहा हुन्छ । फाइनान्सियल स्ट्रेन्थेनका लागि त्यो राम्रो हो । त्यसका लागि तहगतरुपमा जनशक्ति विकास गर्दै लैजाने हो । त्यसपछि कुनै समस्या छैन तर समय लाग्न सक्छ । चार वर्षको बीचमा भए झन् राम्रो, नभए उहाँहरुसँग फर्दर सपोर्ट गरेर अगाडि बढ्छौँ ।

बीमक सङ्घको अध्यक्षको रुपमा यहाँको कार्यकालका योजना के छन् ?

हाम्रो मुख्य उद्देश्य भनेको बीमाको पहुँच कसरी वृद्धि गर्ने, अस्वस्थ प्रतिस्पर्धा कसरी रोक्ने, उधारो कारोबारलाई रोक्ने, जनशक्ति विकास, क्लेमको छिटो–छरितो सेटलमेण्ट, सर्भरका समस्याहरु कम गर्ने, पुनर्बीमाका कुराहरुलगायत राष्ट्रिय र अन्तराष्ट्रियरुपमा रहेका समस्याहरु छन् । तिनीहरुलाई सहजरुपमा उजागर गर्दै समाधान गर्दै जाने हो । त्यसका लागि नेपाल सरकार र बीमा समितिको निर्देशनअनुसार कसरी अगाडि बढाउने भन्ने नै हो ।

सगरमाथा इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?

बजारमा हाम्रो छुट्टै खालको पहिचान छ । यसको मुख्य कारण भनेको ग्राहकहरुको सन्तुष्टि नै हो । हामीले क्लेम सेटलमेण्टमा ग्राकहरुलाई सन्तुष्ट बनाएका छौँ । हाम्रा ग्राहकहरुले निरन्तरता पनि दिइराखेका छन् । कम्पनीमाथिको ग्राकहको भरोसा, विश्वास, सन्तुष्टिलाई आत्मसाथ गरेर हामी अगाडि बढिरहेका छौं । त्यसले गर्दा हाम्रो बिजनेस ग्रोथ पनि राम्रो छ । मैले यो कम्पनीको काम गरेको झण्डै २२ वर्ष भइसक्यो । त्यो समयदेखिका क्लाइण्टहरु निरन्तररुपमा हामीसँगै काम गरिरहनुभएको छ । त्यो प्लस प्वाइण्ट हो । समयबोध म्यागेजिन, फागुन २०७८ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री