शुक्रबार, ४ जेठ २०८१

जनरल इन्स्योरेन्सको मार्केटिंग कन्फेरेन्स २०७८ सम्पन्न

समयपोष्ट २०७८ फागुन २३ गते २२:०१

Advertisement

जनरल इन्स्योरेन्सले मार्केटिंग कन्फेरेन्स २०७८ सम्पन्न गरेको छ ।

पोखरामा फाल्गुन १९,२० र २१ गते बिहीबार देखि तीन दिनसम्म सञ्चालित कार्यक्रममा देशै भरका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शाखा कार्यलयहरुको बिगत बर्षहरुको समिक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी बर्षका रणनितिक योजनाहरु पनि छलफल भएको थियो ।

उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कम्पनीका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले गर्नु भएको थियो । पोखरा शाखा प्रमुख शिब प्रसाद देवकोटाले स्वागत गर्नु भएको थियो ।

Advertisement

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले अध्यक्षता ग्रहण गर्नु भएको थियो भने संचालक ज्ञानेश्वर आचार्य र अमृत बन्जाडेको प्रमुख आतिथ्यतामा सभा संचालन गरिएको थियो ।कार्यक्रममा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई पनि सम्मान सहित ताम्र पत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री