चुनाव गराउँछौँ र सानदारसँग सरकार चलाएर देखाउँछौं : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने बताएका छन् । एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने उनको भनाई छ ।

Advertisement

शनिबार काठमाडौंमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै थापाले स्थानीय तहको निर्वाचन भने बैशाख ३० गते नै हुने उल्लेख गरे ।

महामन्त्री थापाले बैशाखमा स्थानीय तहको चुनावपछि आम चुनाव गराउने बताए । उनले भने– ‘आम चुनाव मंसिरमा हुन्छ वा त्यो भन्दा पहिला हुन्छ मलाई थाहा छैन् । संसद यसैगरी चल्दै गयो भने, संसद यसरी नै चल्न नदिने अवस्था रह्यो भने, संसदको उपहास गर्ने काम नेकपा एमालेले गरिरह्यो भने । हामीले छलफल गर्न आउनुस भनिरहेका छौँ, उहाँहरु आउनुभएन भने त्योबेला संसद किन चलाइरहने भन्ने प्रश्न उठ्नसक्छ । त्यो अवस्थामा अगाडि नै चुनाव हुनपनि सक्छ तर स्थानीय तहको चुनाव बैशाख ३० मै हुन्छ । चुनाव हामी गराउँछौँ र सानदारसँग सरकार चलाएर देखाउँछौं ।’

उनले बैशाख ३० गते निर्वाचन गराउनै पर्ने, ऐन कानुनले चुनाव नगर्न एकदिन पनि छुट नदिएको बताए । बैशाख ३० गते काँग्रेसले निर्वाचन गराएरै छाड्ने उनको दावी छ । २०७४ सालपछि काँग्रेसले चुनाव हारेपनि नेकपाको सरकार बनेको र ५ वर्ष नेपाली नागरिकले स्थीरताको लाभ पाउनुपर्ने पक्षमा कांग्रेस रहँदापनि बाध्यताले सरकारमा रहेको बताए । उनले प्रतिपक्षमा बसेर भूमिका खेल्छौँ भनेपनि अहिले काँग्रेस सरकारमा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री