२ हप्ता नपुग्दै दोस्रोपटक बढ्यो कुखुराको मासुको मूल्य

२ हप्ता भन्दा कम अवधिमै कुखुराको मासुको मूल्य दोस्रोपटक वृद्धि भएको छ । २ पटक गरेर  करीब ५० रुपैयाँ मूल्यबढेपछि कुखुराको मासुको खुद्रा विक्री मूल्य ३९५ देखि ४२० रुपैयाँ सम्म पुगेको छ ।

Advertisement

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण ढुवानी देखि दाना/पानी सम्मको मूल्य बढेको भन्दै व्यवसायीहरूले कुखुराको मासुको मूल्य बढाएका हुन् ।

गत महीना सम्म ३५० रुपैयाँ भन्दा मुनी रहेको कुखुराको मासुको मूल्य फागुन लागेपछि लगातार उकालो लागेको छ ।

नेपाल कुखुराको मासुमा आत्मनिर्भर रहेको छ । तर, दाना र औषधिमा भने अहिले पनि विदेशको भर पर्नुपर्ने अवस्था बाँकी नै छ ।

२ कारण जसले मासुको भाउ ४०० रुपैयाँ माथि पुग्यो
अहिले कुखुराको मासुको मूल्य बढ्नुको कारण उत्पादन नै कम हुनु रहेको कुखुरा व्यवसायी देवसिंह महर्जनले बताए ।

Advertisement

चिसोमा सामान्य खोर हुने किसानले चल्ला राख्दैनन् । धेरै चल्ला मर्ने जोखिम हुने भएकाले विशेष खालका खोर भएका किसानले मात्रै कुखुरा पाल्छन् । उनले भने, ‘उत्पादन थोरै भएका कारण यो वर्षकै उच्च मूल्यमा खरीदविक्री भइरहेको छ ।’

मासुको मूल्य बढ्नुको दोस्रो कारण भने उत्पादन लागत बढेको भन्दै दानाको भाउ बढाउनु पनि हो । पेट्रोलिम पदार्थमा भएको मूल्य वृद्धिका कारण दानाको उत्पादन र ढुवानी दुवै तर्फको खर्च बढेको व्यवसायीको भनाई छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री