शुक्रबार, २१ वैशाख २०८१

प्रभु बैंकको फोन लोन सुविधा सञ्चालनमा

समयपोष्ट २०७८ फागुन २० गते ११:३७

Advertisement

प्रभु बैंक लि. ले मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा आज देखि सञ्चालनमा ल्याएको छ ।

यससंगै बैंकका ग्राहकहरुले मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयरको माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै रु. २ लाख सम्मको फोन लोन सुविधा लिन सक्नेछन् ।

यो सुविधा हालको लागि प्रभु बैंकमा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाईएको छ ।

यो सुविधा उपभोग गर्नका लागि प्रभु बैंकका ग्राहकले आफ्नो मोबाईलमा रहेको मोबाईल बैंकिङ्ग सफ्टवेयर बाट फोनलोनको लागि अनुरोध गर्न सक्नेछन् ।

Advertisement

फोनलोनको लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिन पाउने कर्जा सीमा निर्धारण हुनेछ । यो कर्जाको भुक्तानी अवधि बढिमा ३६ महिनासम्मको हुनेछ ।

यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुनेछ । साथै, सानो तिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनु पर्ने झण्झटको अन्त्य हुनेछ । बैंकले सञ्चालनमा ल्याएको फोन लोन सुविधा उपभोग गरी अधिकतम लाभ लिनुुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री