
मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी) परियोजनाका लागि विभिन्न तहमा कर्मचारीहरुको माग गरिएको छ ।
एमसीए नेपालले बुधबार विज्ञापन प्रकाशित गर्दै प्रोजेक्ट म्यानेजर, म्यानेजर, लिड इन्जिनियर, पावर सेक्टर रिफर्म स्पेशलिस्ट, मनिटरिङ एण्ड इभ्यालुएसन स्पेसलिस्ट, आउटरिच कम्युनिकेशन असिस्टेन्ट, एसिस्टेन्ट टु डीइडी म्यानेजमेन्ट, अफिस ड्राइभर र अफिस एसिस्टेन्ट पदका लागि दरखास्त आह्रवान गरेको हो ।
इच्छुकले आगामी मार्च १५ तारिखसम्म अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।
फागुन १५ गते सरकारले संसदबाट एमसीसी सझौता अनुमोदन भएसँगै गरेसंगै नेपालको उर्जा र पूर्वाधारका क्षेत्रमा काम गर्ने बाटो खुलेको हो ।
एमसिसीले नेपाल सरकारलाई ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण र देशका विभिन्न स्थानका सडकखण्डको मर्मतसम्भारका लागि ५०० मिलियन अमेरिकी डलर अनुदान सहायताका रूपमा उपलब्ध गराउनेछ ।











प्रतिक्रिया