शुक्रबार, २७ असार २०८२

काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

समयपोष्ट २०७४ फागुन २१ गते ४:४७

काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । दलको कार्यलय सिंहदरबारमा बिहान १० बजेबाट मतदान सुरु भएको हो ।

Advertisement

काँग्रेस संसदीय दलको नेतामा संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलसमूहले पूर्वमहामन्त्री प्रकासमान सिंहलाई उम्मेदवार बनाएको छ ।

मतदानको समय बिहान १० देखि दिउँसो १ बजेसम्मलाई तोकिएको छ । मतदान सकिएपछि मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । काँग्रेसका प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका २३ र समानुपातिकतर्फ ४० गरी ६३ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री