शुक्रबार, १४ वैशाख २०८१

यि हुन् आजको शपथग्रहणमा उपस्थित नहुँने सांसदहरु

समयपोष्ट २०७४ फागुन २० गते १२:१५

निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसद सदस्यले छुट्छुटटै शपथ लिएका छन् ।

Advertisement

आईतबारको सपथग्रहणमा डा. युवराज खतिवडा, डा. विमला पौडेल राई र रामनारायण बिडारी भने उपस्थित भएनन् । ओली सरकारको सिफारिसमा राष्ट्रपतिले यी तीनै जनालाई मनोनित गरे पनि यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ ।

सर्वोच्च अदालतले यी तीनै जना माथि परेको मुद्धाको सुनुवाई आज गर्ने भनिएपनि सुनवाइ स्थगित गर्दै भोलिका लागि पेशी तोकेको छ ।

यसैगरी आजको शपथ ग्रहण समारोहमा प्रतिनधि सभामा कैलाली १ बाट विजयी रेशम चौधरी पनि उपस्थित भएनन् । फौजदारी अभियोग लागेका चौधरी पुर्पक्षका लागि थुनामा छन् ।

यस्तै प्रहरीको फरार सूचीमै रहेका सांसद् नवराज सिलवालले भने शपथ लिन बानेश्वर पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री