शुक्रबार, १६ चैत २०८०

दैनिक एक अर्ब ८९ करोड भित्रिन्छ रेमिटेन्स

समयपोष्ट २०७४ फागुन १८ गते १:३४

विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेशमा पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा तीन अर्ब ४० करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको खबर आजको नागरिक दैनिकमा छ ।

गत वर्ष दैनिक एक अर्ब ९० करोड ४१ लाख रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको थियो । गत आर्थिक वर्ष ०७३–७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।

विदेश जाने नेपालीको स‌ंख्या घटेका कारण पछिल्लो समय रेमिटेन्स वृद्धिदरमा कमी आएको बताइन्छ ।

गत आर्थिक वर्षको पुससम्म एक लाख ८९ हजार चार सय ३३ नेपाली विदेश गएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा एक लाख ८६ हजार ५३ जनामात्र गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

विदेश जानेको संख्या पोहोरभन्दा चालु आर्थिक वर्षको साउन-पुस अवधिमा तीन हजार तीनसय ८० ले कमी आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री