आइतबार, २२ असार २०८२

बच्चालाई आमाबाबुसँगै सुताउनु कति उचित ?

समयपोष्ट २०७७ चैत १६ गते १९:०६

Advertisement

बच्चालाई आमा बाबुसँगै सुताउनुहुन्न भन्ने सुनिन्छ ।

विशेषगरी गाउँघरमा आमाबाबुको बिचमा बच्चालाई कहिलै पनि सुताउनुहुन्न भन्ने मान्यता राखिन्छ । तर सहरी क्षेत्रमा एउटा कोठामा गुजारा चलाउने परिवारको लागि यो त्यति ब्यवहारिक नहुन सक्छ ।

यद्यपि बच्चालाई सुरूदेखि नै छुट्टै सुत्ने बानी बसाउनु आमा वा बच्चाको लागि स्वास्थ्यवर्द्धक कुरा हो । यसको कैयौं लाभहरू हुन्छन् । बच्चालाई अलगै सुताउँदा आमाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पार्ने गर्छ । छुट्टै सुताउँदा आमाको पनि निद्रा पूरा हुन्छ भने बच्चा पनि एउटा सिङ्गै खाटमा आरामसँग सुत्न सक्छ । यसले आमा र बच्चाको लागि समेत स्वास्थ्य सन्तुलनमा राख्न सकिन्छ ।
यसका विपरीत छुट्टै सुत्ने क्रममा आमालाई भने बच्चाको हात खुट्टा शरीरले च्यापियो कि ? भन्ने समस्याले सताउने गर्छ । तर बच्चासँग छुट्टै सुत्दा हुने बेफाइदाहरूभन्दा फाइदा धेरै छन् ।

एक वर्ष नपुग्दासम्म बच्चालाई आफ्नो साथमा सुताउनुपर्छ । त्यसपछि बच्चालाई आफ्‍नो जस्तै सामान्य ओछ्यानमा तल अर्काे डसना राखेर सुताउन सकिन्छ ।

Advertisement

कतिपय महिला ७/८ वर्षसम्मको बच्चालाई समेत आफ्नो साथमा सुताउने गर्छन् । यदि सबैभन्दा कान्छो बच्चा होस् या त एक्लो छोरा होस् । १२/१३ वर्षसम्म पनि आफूसँगै सुताउने गर्छिन् । तर यति ठूलो बच्चालाई आफ्नो साथमा सुताउनु आमा र बच्चाको लागि समेत अहितकर हुने गर्छ । ७/८ महिनापछि बच्चालाई आफूभन्दा भिन्दै सुताउनु राम्रो हुन्छ । यस्तो गर्दा सुरुदेखि नै अलग सुताउने बानीको विकास गराउनु पर्छ ।

बच्चालाई सानैदेखि अलगै बनाउँदा उसले आफ्नो कोठालाई सुन्दर बनाउन आफ्नै किसिमले सोच्ने गर्छ । जस्तो, कुन ठाउँमा पढाइको टेबुल राख्ने कहाँ सुत्ने भन्ने व्यवस्थापन गर्न होस् या त कोठा सफा गर्न पनि सानै उमेरदेखि सिक्ने गर्छ । रातमा सुत्ने समयमा यदि आन्तरिक कोठा छ भने त्यस्तो कोठा कहिलै बन्द नगर्नुहोस् । भित्री कोठा छैन भने बाहिरी कोठा पनि सम्भव भएसम्म खुला राख्नुपर्छ । ताकि बच्चालाई परेको समस्या समाधान गर्न सकियोस् र बच्चाप्रति नकारात्मक सोचाइ नआओस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री