शनिबार, १५ वैशाख २०८१

अर्जुन कपुरसंग प्रेम सम्बन्धमा रहेकी मलाईकालाई पुर्व श्रीमानले पठाए यस्तो उपहार

समयपोष्ट २०७७ चैत ११ गते १६:१९

Advertisement

अर्जुन कपुरसंग प्रेम सम्बन्धमा रहेकी आफ्नी पुर्व श्रीमती मलाईका अरोडालाई पुर्व श्रीमान अरबाज खानले उपहार दिएका छन् ।

मलाईकाले सामाजिक सञ्जाल मार्फत उपहार बारे जानकारी दिएकी हुन् । मलाईकाले इन्स्टा स्टोरीमा एउटा भिडियो सेयर गरेर आँपको डिब्बा देखाएकी छिन् । उक्त भिडियोमा मलाइकाले लेखेकी छिन्, ‘यी आँपका लागि धन्यवाद अरबाज । तपाईंले यस्ता आँप अनलाइनमा अर्डर गर्न सक्नुहुन्छ ।’

अरबाज र मलाइकाले १८ वर्षको वैवाहिक सम्बन्धलाई पूर्ण विराम लगाएका थिए ।

सम्बन्धविच्छेदपछि अरबाजले जर्जिया एन्ड्रियानीसंग प्रेमसम्बन्धमा छन् । मलाईकाले पनि अर्जुनसंग विवाह गर्न लागेको खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री